धुलिखेल ३ पुस : काभ्रेको धुलिखेल नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरुमा स्यनेटरी प्याड सहितको स्वास्थ्य समाग्री बितरण गर्न सुरु गरेको छ । नगर क्षेत्रभित्रका २५ ओटा सामुदायिक विद्यालयहरुमा प्याड सहितको स्वास्थ्य समाग्री बितरणको कार्य सुरु गरिएको नगर उपप्रमुख बिमला कुमारी चैलागाईले जानकारी दिनुभयो ।
हाल सम्म ७ ओटा भन्दा बढी विद्यालयहरुमा स्यनेटरी प्याड सहित स्यानीटाईजर,मास्क,थर्मलगन लागायतका स्वास्थ्य सुरक्षाका समाग्रीहरु बितरण गरिसकिएको उहाँले बताउनुभयो । महिनावारीको समयमा छात्राहरुको पढाई नछुटोस भन्ने उदेश्यले यो कार्यक्रम नगरपालिकाले गत वर्ष देखी नै सरु गरेको हो ।
विद्यालयहरुमा विद्यार्थीको संख्या अनुसार स्वास्थ्य समाग्री बितरणको कार्यलाई यो वर्ष पनि निरन्तरता दिईएको बताईएको छ । कोरोना संक्रमणको जोखीम कायमै रहेकाले विद्यालय संञ्चालन गर्दा आपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका उपाहरु अपनाईएको वा नअपनाईएको बारे अनुगमन गरिएको चौलागाईले बताउनुभयो ।
प्रतिक्रिया