२०८२, ५ पुस शनिबार

ओल र प्रचण्ड दुवै प्रतिवेदन फिर्ता लिइ एउटै प्रस्ताव तयार पार्न सहमत

ओल र प्रचण्ड दुवै प्रतिवेदन फिर्ता लिइ एउटै प्रस्ताव तयार पार्न सहमत


काठमाडौँ, १ पुस :   सत्तारुढ नेकपाको विवाद समाधानउन्मुख देखिएको छ ।

पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई लगाएको आरोप समेटिएको प्रतिवेदन फिर्ता लिने सहमति भएको छ ।

प्रधानमन्त्री निकट स्रोतले दावी गरेअनुसार ओली र प्रचण्डबीच भदौ २६ यताका सबै निर्णय फिर्ता लिने सहमति भएको हो ।

मंगलबार मात्रै सरकारले छलफल नगरी ल्याएको अध्यादेश फिर्ता लिन सहमत भएसँगै नेकपाको विवाद समाधान तिर अघि बढेको आंकलन हुन थालेको छ ।

वुधबारको स्थायी कमिटी बैठक अघि दुई अध्यक्षबीच दुई पटक गरेर छलफल भएको थियो । छलफलमा अध्यादेश फिर्ता लिने, संसदको विशेष अधिवेशनका लागि पुर्याइएको हस्ताक्षर फिर्ता लिनेसहित सचिवालयमा पेश भएको एक अर्काको राजनीतिक प्रतिवेदन पनि फिर्ता लिने सहमति भएको स्रोतले दावी गरेको छ । उनीहरुबीच एक अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने लगायतका सहमति भएको जनाइएको छ ।

 

 

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ६ : ५१ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा