काठमाडौं ३० मंसिर : अध्यादेश प्रकरणले पार्टीमा विवाद बढ्न थालेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेता सुवास नेम्वाङलाई खुमलटार पठाएका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आवश्यकताका आधारमा ल्याइएको बताउँदै ओलीले नेम्वाङलाई खुमलटार पठाएका हुन् । नेम्वाङले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ओलीको सन्देश सुनाएका छन् ।
ओलीले अध्यादेश ल्याउँदैमा कुनै समस्या नभएको सन्देश पठाएका स्रोतको भनाइ छ । ओलीले पार्टीभित्रको विवादसँग अध्यादेशलाई जोडेर नहेर्न भन्दै सन्देश पठाएका छन् । सरकारले अप्रत्यासितरुपमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले विरोध गरेर फिर्ता लिनुपर्नेमा जोड दिएका छन् । भोलिको सचिवालय बैठक अगाडि थप अर्को अध्यादेश ल्याउन सक्ने जानकारी पाएपछि प्रचण्डसहितका नेताहरु छलफलमा जुटेका छन् ।
प्रतिक्रिया