२०८२, १ माघ बिहीबार

तराईमा बाक्लो हुस्सु, काठमाडौंको तापक्रम ३ डिग्री

तराईमा बाक्लो हुस्सु, काठमाडौंको तापक्रम ३ डिग्री


काठमाडौं, ३० मंसिर  :  देशभर चिसो बढेको छ । अहिले ९मंगलबार बिहान० तराईका अधिकांश भाग हुस्सु–कुहिरोले ढाकेको छ भने काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ ।

अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ भने पहाडी क्षेत्रका पनि केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् । अहिले बिहान ९साढे ६ बजे गरिएको मापन० काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको उनले जानकारी दिइन् ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको तराईका अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको अवस्था छ ।
यसैगरी, आज दिउँसो प्रदेश–१, प्रदेश २ तथा बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

आज ९मंगलबार० राति प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

बुधबार दिउँसो प्रदेश–१, प्रदेश २, तथा गण्डकी प्रदेशका भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, बिहीबार दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : १५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा