२०८२, ५ पुस शनिबार

बाबुरामले खोलिदिए नारायणकाजी–सुसनको पोल

बाबुरामले खोलिदिए नारायणकाजी–सुसनको पोल

नेकपाका प्रवक्ता श्रेष्ठ इमान, जमान, नैतिकता, आचरण हराएको ढोंगी नेता हुन


काठमाडौं २९ मंसिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको बिषयमा उहाँकै पूर्व सहकर्मी तथा नेता डा. बाबुराम भट्टराईले पोल खोलिदिनु भएको छ ।

स्वकीय सचिव सुसन कर्माचार्यमार्फत करोडौं अरवौं सम्पत्ति कमाएर ऐय्यासी जीवन बिताएको भन्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले नारायणकाजीको पोल खोलिदिनु भएको हो । भट्टराईका अनुसार नेकपाका प्रवक्ता श्रेष्ठ इमान, जमान, नैतिकता, आचरण हराएको ढोंगी नेता हुन । ‘आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने ! वैधानिक तलवभत्ता नलिएर वाहवाही कमाउने ! आसेपासेहरूका नाममा रातारात करोडौं–अरबौं सम्पत्ति जम्मा हुने ! उनीहरूका विवादमा मध्यस्थता गर्ने ! ऐय्यासी जीवन बिताउने !’ पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभएको छ ।
यस्तो छ भट्टराईको तर्क
आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने ! वैधानिक तलवभत्ता नलिएर वाहवाही कमाउने !आसेपासेहरूका नाममा रातारात करोडौं–अरबौं सम्पत्ति जम्मा हुने ! उनीहरूका विवादमा मध्यस्थता गर्ने ! ऐय्यासी जीवन बिताउने ! यही त हो क्रोनी क्यापिटालिज्म कणहरू ! एक अर्कालाई ढाकछोप गरौं ! नेपाली विशेषताको समाजवाद ?

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार  ९ : ५७ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा