२०८२, १ माघ बिहीबार

काठमाडौं दिल्ली उडानका लागि दुबै देश सहमत

काठमाडौं दिल्ली उडानका लागि दुबै देश सहमत

नेपाल र भारतका नागरिकहरु मात्र उड्न पाउने


काठमाडौं, २५ मंसिर । कोरोना महामारीपछि बन्द काठमाडौं–दिल्ली उडानहरु सञ्चालनमा आउने भएको छ ।

नेपाल र भारत सरकारबीच दुई देशका राजधानीबीच हवाइ उडान पुन शुरु गर्ने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । हालका लागि एयर ट्रान्सपोर्ट बबल मेकानिज्म अनुसार उडान गर्न लागिएको हो । सो व्यवस्था अनुसार ती उडानमा हाल नेपाल र भारतका नागरिकहरु मात्र उड्न पाउने छन् ।

‘दिल्ली र काठमाडौंबीच उडान शुरु गर्न दुवै सरकारले स्वीकृति दिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ,’ दूतावासले भनेको छ । अहिले एयर इण्डिया र नेपाल एयरलाइन्सले दैनिक उडान गर्नेछन् । भारतको उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित यात्रा गर्न पाउने भएका छन् ।

एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रु थाल्नु अगाडि नै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने छ । उक्त उडान भरे र विमानमा बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ ।

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहीबार  ७ : १६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा