२०८३, २० आश्विन बुधबार

काठमाडौं दिल्ली उडानका लागि दुबै देश सहमत

काठमाडौं दिल्ली उडानका लागि दुबै देश सहमत

नेपाल र भारतका नागरिकहरु मात्र उड्न पाउने


काठमाडौं, २५ मंसिर । कोरोना महामारीपछि बन्द काठमाडौं–दिल्ली उडानहरु सञ्चालनमा आउने भएको छ ।

नेपाल र भारत सरकारबीच दुई देशका राजधानीबीच हवाइ उडान पुन शुरु गर्ने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । हालका लागि एयर ट्रान्सपोर्ट बबल मेकानिज्म अनुसार उडान गर्न लागिएको हो । सो व्यवस्था अनुसार ती उडानमा हाल नेपाल र भारतका नागरिकहरु मात्र उड्न पाउने छन् ।

‘दिल्ली र काठमाडौंबीच उडान शुरु गर्न दुवै सरकारले स्वीकृति दिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ,’ दूतावासले भनेको छ । अहिले एयर इण्डिया र नेपाल एयरलाइन्सले दैनिक उडान गर्नेछन् । भारतको उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित यात्रा गर्न पाउने भएका छन् ।

एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रु थाल्नु अगाडि नै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने छ । उक्त उडान भरे र विमानमा बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ ।

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहीबार  ७ : १६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको