२०८३, १४ बैशाख मंगलबार

स्थायी कमिटीलाई प्रधानमन्त्रीको पत्र : प्रचण्डको प्रस्तावमा छलफल हुन सक्दैन

स्थायी कमिटीलाई प्रधानमन्त्रीको पत्र : प्रचण्डको प्रस्तावमा छलफल हुन सक्दैन


काठमाडौं, २१ मंसिर : सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव आफूले स्थायी कमिटीमा लगेर छलफल गर्न नचाहेको भन्दै स्थायी कमिटीलाई सम्बोधन गर्दै सन्देश पत्र पठाएका छन् ।

बैठकमा अनुपस्थित रहेका अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेर पत्र पठाउँदै स्थायी कमिटी सदस्यहरुबीच आफ्नो धारणा व्यक्त गरेका हुन् । सो पत्रलाई बैठकको शुरुमै सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेर सुनाएका छन् ।

पत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने बताएका छन् । प्रचण्डले २८ कात्तिकमा पार्टी सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले लान्छनापत्र भनेका छन् र, यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । तर १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३७ पृष्ठको प्रस्ताव पेस गरेका थिए ।

‘ओलीले प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसक्ने भएकाले आफू नआएको बताउन्र भयो,’ श्रेष्ठले भने । प्रचण्डले बैठक अघि बढाउँदै अहिलेको विशिष्ट तथा गम्भीर अवस्था र अहिलेको संकटलाई सकारात्मक रुपमा सुल्झाउनका लागि गम्भीर र व्यापक बनाउन सदस्यहरुसँग आग्रह गरेका थिए । स्थायी कमिटी सदस्यले दुई अध्यक्षका प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएको छ ।

यसअघि निर्धारित गरिएको केन्द्रीय कमिटी बैठक सारिएको छ । स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार मंसिर २५ गतेका लागि तय गरिएको बैठक सारेर पुस ५ गते बस्ने निर्णय गरिएको हो ।
हेर्नुस् प्रधानमन्त्रीले स्थायी कमिटीलाई लेखेको पत्र

 

प्रकाशित मिति : २०७७, २१ मंसिर आईतबार  ५ : १४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले