२०८३, ७ कार्तिक शनिबार

स्थायी कमिटीलाई प्रधानमन्त्रीको पत्र : प्रचण्डको प्रस्तावमा छलफल हुन सक्दैन

स्थायी कमिटीलाई प्रधानमन्त्रीको पत्र : प्रचण्डको प्रस्तावमा छलफल हुन सक्दैन


काठमाडौं, २१ मंसिर : सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव आफूले स्थायी कमिटीमा लगेर छलफल गर्न नचाहेको भन्दै स्थायी कमिटीलाई सम्बोधन गर्दै सन्देश पत्र पठाएका छन् ।

बैठकमा अनुपस्थित रहेका अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेर पत्र पठाउँदै स्थायी कमिटी सदस्यहरुबीच आफ्नो धारणा व्यक्त गरेका हुन् । सो पत्रलाई बैठकको शुरुमै सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेर सुनाएका छन् ।

पत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने बताएका छन् । प्रचण्डले २८ कात्तिकमा पार्टी सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले लान्छनापत्र भनेका छन् र, यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । तर १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३७ पृष्ठको प्रस्ताव पेस गरेका थिए ।

‘ओलीले प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसक्ने भएकाले आफू नआएको बताउन्र भयो,’ श्रेष्ठले भने । प्रचण्डले बैठक अघि बढाउँदै अहिलेको विशिष्ट तथा गम्भीर अवस्था र अहिलेको संकटलाई सकारात्मक रुपमा सुल्झाउनका लागि गम्भीर र व्यापक बनाउन सदस्यहरुसँग आग्रह गरेका थिए । स्थायी कमिटी सदस्यले दुई अध्यक्षका प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएको छ ।

यसअघि निर्धारित गरिएको केन्द्रीय कमिटी बैठक सारिएको छ । स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार मंसिर २५ गतेका लागि तय गरिएको बैठक सारेर पुस ५ गते बस्ने निर्णय गरिएको हो ।
हेर्नुस् प्रधानमन्त्रीले स्थायी कमिटीलाई लेखेको पत्र

 

प्रकाशित मिति : २०७७, २१ मंसिर आईतबार  ५ : १४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना