२०८२, १९ मंसिर शुक्रबार

रात्रि बसको ठक्करले दिँदा कार चालकको मृत्यु

रात्रि बसको ठक्करले दिँदा कार चालकको मृत्यु


सर्लाही, १८ मंसिर । पूर्व–पश्चिम राजमार्गमा पर्ने सर्लाहीको बाँके जंगलमा वुधवार राति बस र कार आपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको छ ।

जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा आउँदै गरेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशातर्फ गइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार आपसमा ठक्कर खाँदा कार चालक महोत्तरीको मनरा नगरपालिका– १ का नागेन्द्र कुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  १० : २३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको