२०८२, ११ माघ आईतबार

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा,पहिले भेट प्रधानसेनापति पूर्णचन्द्र थापासँग

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा,पहिले भेट प्रधानसेनापति पूर्णचन्द्र थापासँग


काठमाडौं, १४ मंसिर । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौं आइपुगेका छन् । नेपालको एक दिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधि मण्डलसहित वेई काठमाडौं आइपुगेका हुन् ।

उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् । एयर चाईनाको विमानमार्फत भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ ।

सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् । सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल ९अफिस कल० गर्ने छन् ।

त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ । जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

उनले नेपालमा करिब आठ घण्टा बिताउने बताइएको छ । भ्रमण पूरा गरेर वेई आइतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ११ : १४ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई