२०८२, ५ फाल्गुन मंगलबार

नेपालभारत सम्बन्ध सुधार : भारतले दियो नेपाललाई परराष्ट्रमन्त्रीस्तरीय वार्ताको निम्तो

नेपालभारत सम्बन्ध सुधार : भारतले दियो नेपाललाई परराष्ट्रमन्त्रीस्तरीय वार्ताको निम्तो


काठमाडौं, १२ मंसिर :  दुई दिने नेपाल भ्रमणमा आएका  भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि दिएका छन् ।

बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने विषयमा दुवै पक्षबीचमा कुराकानी भइरहेको छ । मन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटमा भारतीय विदेश सचिवले बैठकका लागि निम्तो दिएका हुन् । भारतीय विदेश सचिवले नयाँ दिल्लीमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको लागि भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको निम्तो ज्ञवालीलाई हस्तान्तरण गरेको स्रोतले जानकारी दिएको छ । समग्र द्विपक्षीय विषयहरुमा बुँदागत छलफल गरेर देखिएका समस्या समाधान गर्ने र अन्य द्विपक्षीय संयन्त्रलाई आवश्यक निर्देशन दिने म्यान्डेट सो आयोगलाई छ ।

सो आयोगको बैठक २३ वर्षपछि सन् २०१४ मा बसेको थियो जसले कालापानी र सुस्तालगायतका विवाद समाधानका लागि गृहकार्य गर्न परराष्ट्र सचिवलाई निर्देशन दिएको थियो । त्यसपछि सन् २०१६ र २०१८ मा सो आयोगको बैठक बसेको थियो । सो बैठक दुवै देशले पालैपालो गर्ने परम्परा छ । सीमा विवादमा छलफल ‘उपयुक्त च्यानल’ बाट सीमा विवाद कसरी समाधान गर्ने भन्ने विषयमा पनि द्विपक्षीय छलफल भएको थियो ।

भारतीय विदेश सचिव र परराष्ट्रमन्त्री ज्ञवालीको भेटमा सीमाका सम्बन्धमा दुवै पक्षले आफ्ना दृष्टिकोणहरु शेयर गर्दै यसलाई उपयुक्त च्यानलबाट अगाडि बढाउने कुरा भएको स्रोतले बताएको छ । गत वर्ष भारतले नेपाली भूभाग अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेपछि चिसिएको सम्बन्ध विस्तारै सुध्रिदै गएको छ । यति मात्र होइन, एक वर्षपछि नयाँ नक्साको विषयले औपचारिक कूटनीतिक प्लेटफर्ममा प्रवेश पाएको छ ।

यद्यपि दुवै पक्षले जारी गरेको विज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा उल्लेख गरिएको छैन । खाली बाँकी सीमा विवाद हल गर्ने भन्ने मात्र उल्लेछ छ । यस विषयमा परराष्ट्रमन्त्रीस्तरीय बैठकमा ठोस कुराकानी हुने स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार  ११ : ०५ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा