२०८३, २० आश्विन बुधबार

जिप दुर्घटना, पाँचको मृत्यु, तीन जना घाइते

जिप दुर्घटना, पाँचको मृत्यु, तीन जना घाइते


काठमाडौं १२ मंसिर  : गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापा छन् ।

इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप इस्मा गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको हो । शुक्रबार बिहान जिप भिरबाट खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपमा नौ जना सवार रहेका थिए ।

दुर्घटनामा इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङ घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल लगिदैछ ।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार  १० : ४२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको