२०८२, ११ माघ आईतबार

नेकपा महासचिव पौडेललाई बुटवलमा कसले कालो झण्डा देखायो ?

नेकपा महासचिव पौडेललाई बुटवलमा कसले कालो झण्डा देखायो ?

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएन


बुटवल १० मंसिर :   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् । नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–२० को सैनामैना मा।बि रानिबगिया र पर्रोहा मा.बि. मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए ।

प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।

बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेस रुपन्देहीका युवा नेता विष्णु पोखरेलले बताए ।

 

प्रकाशित मिति : २०७७, १० मंसिर बुधबार  ९ : ३९ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई