२०८२, १ माघ बिहीबार

नेपालमा कोरोना जित्नेको संख्या दुई लाख नाघ्यो

नेपालमा कोरोना जित्नेको संख्या दुई लाख नाघ्यो

सङ्क्रमितको कुल संख्या दुई लाख २२ हजार दुई सय ८८


काठमाडौं, ८ मंसिर :  नेपालमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा सङ्क्रमितको कुल संख्या दुई लाख २२ हजार दुई सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८१ जनाको पीसीआर परीक्षण भएको थियो ।

सोमबार नेपालमा सक्रिय सङ्क्रमितको संख्या १८ हजार आठ सय ८४ छ । त्यस्तै ६२९ जना क्वरन्टिनमा छन् । यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार तीन सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार  ७ : ०० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा