२०८३, २० आश्विन बुधबार

नेपालमा कोरोना जित्नेको संख्या दुई लाख नाघ्यो

नेपालमा कोरोना जित्नेको संख्या दुई लाख नाघ्यो

सङ्क्रमितको कुल संख्या दुई लाख २२ हजार दुई सय ८८


काठमाडौं, ८ मंसिर :  नेपालमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा सङ्क्रमितको कुल संख्या दुई लाख २२ हजार दुई सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८१ जनाको पीसीआर परीक्षण भएको थियो ।

सोमबार नेपालमा सक्रिय सङ्क्रमितको संख्या १८ हजार आठ सय ८४ छ । त्यस्तै ६२९ जना क्वरन्टिनमा छन् । यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार तीन सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार  ७ : ०० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको