२०८३, २५ भाद्र शुक्रबार

स्वास्थ्य मन्त्रालयले चार प्रयोगशालालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

स्वास्थ्य मन्त्रालयले चार प्रयोगशालालाई सोध्यो २४ घण्टे स्पष्टीकरण


काठमाडौं, ७ मंसिर :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने चार वटा प्रयोगशाला (ल्याब) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै अब पिसीआर परीक्षण गर्ने सबै प्रयोगशालाले आन्तरिक गुणस्तरमा ध्यान दिनुपर्ने निर्णय गरिएको छ । यी अस्पताल र प्रयोगशालामा स्वाब परीक्षण गरी नेगेटिभ रिपोर्ट लिएर हङकङ, जापान र दुबई गएकाहरूको उता परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  ९ : ५५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको