२०८२, १ माघ बिहीबार

स्वास्थ्य मन्त्रालयले चार प्रयोगशालालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

स्वास्थ्य मन्त्रालयले चार प्रयोगशालालाई सोध्यो २४ घण्टे स्पष्टीकरण


काठमाडौं, ७ मंसिर :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने चार वटा प्रयोगशाला (ल्याब) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै अब पिसीआर परीक्षण गर्ने सबै प्रयोगशालाले आन्तरिक गुणस्तरमा ध्यान दिनुपर्ने निर्णय गरिएको छ । यी अस्पताल र प्रयोगशालामा स्वाब परीक्षण गरी नेगेटिभ रिपोर्ट लिएर हङकङ, जापान र दुबई गएकाहरूको उता परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  ९ : ५५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा