२०८३, २० आश्विन बुधबार

‘विप्लव’का गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीद्वारा सुरक्षा प्रमुखसँग छलफल

‘विप्लव’का गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीद्वारा सुरक्षा प्रमुखसँग छलफल


काठमाडौं, ७ मंसिर प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताएको छ ।

प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गरेका हुन् । छलफलमा सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका गतिविधिका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

सरकारले प्रतिबन्धित विप्लव समूहले सातौं पुनर्गठन दिवस मनाउने तयारी गरिरहँदा सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ । बालुवाटारले यो कुनै विशेष छmफल नभई नियमित भएको बताएको छ ।

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  ९ : २७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको