२०८२, २७ जेष्ठ मंगलबार

पाण्डे दुर्व्यवहार प्रकरणमा नेकपा प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको कटाक्ष

पाण्डे दुर्व्यवहार प्रकरणमा नेकपा प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको कटाक्ष

‘मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुंगा प्रहार गरिंदा निदाउनु भएको थियो क्यारे'


काठमाडौं, ७ मंसिर । चितवनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको घटनाप्रति विभिन्न टीका टिप्पणीहरु भइरहेका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाका बारेमा शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको टिप्पणीबारे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिपाद गर्दै कटाक्षपूर्ण जवाफ दिएका छन् ।

‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ । यसप्रकारको दुर्व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस्’, श्रेष्ठले ट्वीटरमा लेखेका थिए ।

सोही ट्वीटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गरेको नदेख्नेले चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार भन्दै विज्ञप्ति जारी गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

उनले ट्वीटरमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिँदै भनेका छन्, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नु भएको गाडीमाथि ढुंगाप्रहार गरिँदा निदाउनु भएको थियो क्यारे १ चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नु भएछ । गज्जब छ गुटगत अन्तरदृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ।

दुवै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी ।’ शनिबार पार्टीको कार्यक्रममा गुटबन्दी गरेको आरोपमा नेता पाण्डेविरुद्ध ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका थिए । उक्त नाराबाजीको घटनालाई प्रचण्ड–नेपाल समूहले सुनियोजित भन्दै निन्दा गरेपछि ओली समूहका नेताले पनि जवाफी प्रत्यारोप लगाएका छन् ।

 

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  १० : ५० बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक