ठोकर्पा २८ कात्तिकः सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा न १ पोखरीडाँडामा सामुदायिक वन अध्यन केन्द्र भवन निर्माण सुरु भएको छ । भवनको शुक्रबार, सभामुख अग्निप्रसाद सापकोटाले शिलान्यास गर्नु भएको हो ।
अध्ययन केन्द्रको प्रशासनीक भवन करिब एक करोड ८८ लाख ६७ हजार भन्दाबढी लागतमा बन्ने छ । २०७८ असार २० भित्र भवन बनिसक्नेछ । १० भन्दा वढी भवनहरु बन्ने छ ।
शिलान्यास कार्यक्रममा बोल्दै सभामुख सापकोटाले विश्वका सामुदायिक वन तथा वातावरण पढ्ने विद्यार्थीका लागि यो अध्ययन केन्द्र एउटा आधारशिला हुने दाबी गर्नुभयो । सामुदायिक अध्ययन केन्द्र निर्माणबारे सभामुख सापकोटा वन मन्त्री हुदाँ निर्णय भएको थियो ।
कार्यक्रममा वन विभागका डिजी मन वहादुर खड्काले यो अध्यान केन्द्र निर्माणको लागी सरकारले दिल खोलेर सहयोग गर्ने बताउनु भएको थियो ।








प्रतिक्रिया