२०८३, १४ बैशाख मंगलबार

मंसिर २ गते पनि सार्वजनिक बिदा

मंसिर २ गते पनि सार्वजनिक बिदा


२६ कात्तिक, काठमाडौं । सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले जनाएको छ ।

यो वर्ष तिहारमा तिथि विवाद छ ।

नेपाल पञ्चाङ्ग निर्णायकले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई/गोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवर्द्धन पूजा तथा भाइपूजा तोकेको छ ।

२९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहन्छ । त्यसैले कात्तिक २९ गते लक्ष्मीपूजा गर्नु उपयुक्त हुन्छ ।

तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ ।

उनीहरुलाई सम्बोधन गर्न सरकारले २ मंसिरमा पनि बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  ५ : ४५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले