काठमाडौं २५ कार्तिक : गएको २४ घण्टामा काठमाडौँ उपत्यकासहित देशभर थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा मात्रै थप १ हजार ४ सय २० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा मंगलबार संक्रमित पुष्टि हुनेमा ६ सय ३ महिला र ८ सय १७ पुरुष रहेका छन् ।
काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।
यता पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३८ हजार ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।








प्रतिक्रिया