२०८२, ११ माघ आईतबार

प्रधानमन्त्री ओली र प्रचण्ड भेटवार्ता, फेरी प्रचण्ड समुहको धुम्बाराहीमा छलफल शुरु

प्रधानमन्त्री ओली र प्रचण्ड भेटवार्ता, फेरी प्रचण्ड समुहको धुम्बाराहीमा छलफल शुरु


काठमाडौं, २५ कार्तिक :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका शीर्ष पाँच नेताको छलफल पार्टी मुख्यालय धुम्बाराहीमा शुरु भएको छ ।

छलफलमा सचिवालयका बहुमत सदस्य सहभागी छन् । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा सहभागी छन् ।

छलफलअघि बालुवाटार पुगेर नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भेटेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुम्बाराही पुगेपछि छलफल शुरु भएको हो ।

बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटको ब्रिफिङ प्रचण्डले बैठकमा गरिरहेका छन् । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफलमा बिहीबारसम्ममा सचिवालय बैठक बोलाउने विषयमा कुराकानी भएको छ ।

धुम्बाराहीमा जारी छलफललाई सचिवालय सदस्यको अनौपचारिक छलफल भनिएको छ । बैठकमा प्रधानमन्त्री ओलीसँगै सचिवालयका अन्य तीन सदस्य सहभागी छैनन् । सचिवालयका वहुमत सदस्यले वैठक माग गर्दै बुझाएको पत्रबारे ओलीले तीन दिनमा पनि ठोस निर्णय नदिएपछि कार्यकारी अध्यक्ष प्रचण्डले आजको वैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २०७७, २५ कार्तिक मंगलबार  ६ : ५२ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई