२०८२, २२ कार्तिक शुक्रबार

नेकपा विवाद : ओली आक्रामक, प्रचण्ड रक्षात्मक

नेकपा विवाद : ओली आक्रामक, प्रचण्ड रक्षात्मक


काठमाडौं, २४ कार्तिक सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्ने–नबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक नबोलाउने अडान लिएसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच नेताले अध्यक्ष ओलीलाई लिखितरुपमा नै पत्र बुझाएर तत्काल बैठक बोलाउन माग गरेका छन् ।

सचिवालयका बहुमत सदस्यले लिखितरुपमा नै बैठकको माग गरेपछि ओलीले पूर्व एमालेका नेताहरुलाई एकै ठाउँमा ल्याउने गृहकार्य अगाडि बढाएका छन् । प्रचण्डसँग सम्बन्धमा दरार आएपछि यसअघि दुई पटक वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टै भेटवार्ता गरेका ओलीले आइतबार पुनः नेपालसहित चार नेतासँग भेटवार्ता गरेका छन् ।

ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए । ती नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘पार्टीमा गम्भीर संकट देखापरेको छ, यस्तो बेला विवाद समाधान गरेर अगाडि बढ्न तपाईंको सहयोग चाहियो, हिजो पनि हामीले यो पार्टी निर्माण गरेका हांै, अब मिलेर अगाडि बढ्नु प¥यो ।’

जवाफमा नेता नेपालले पार्टीले गरेको निर्णय कार्यान्वयन नहुँदा अहिलेको अवस्था सृजना भएको बताउँदै ओलीलाई कार्यशैली सच्याउन आग्रह गरेका थिए । छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको सहभागिता रहेको थियो ।

आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म ओलीले नेपालसहितका चार नेतासँग छलफल गर्नुभएको थियो । नेता भीम रावलले पार्टीभित्र उत्पन्न समस्या केकसो हो भनेर विचार आदानप्रदान भए पनि ठोसरुपमा कुनै पनि सहमति नभएको बताए ।

शनिबार बालुवाटारमा ओली र सचिवालयका प्रचण्डसहितका ५ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीचको भेटवार्तामा चर्काचर्की भए पनि विना निष्कर्ष टुंगिएको थियो । अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउनु पर्ने दबाब रहेको छ । पछिल्लो छलफल र भेटवार्तामा ओली आक्रामकरुपमा प्रस्तुत हुँदै आएको बताइएको छ ।

त्यसै गरी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका हुन् ।

भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टीभित्रको जारी विवाद समाधान गर्न भूमिका खेल्न आग्रह गरेका थिए । पूर्वएमाले भेला भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने भेलामा सहभागी नभएको बताइएको छ ।

केही दिनअगाडि मात्रै अध्यक्ष ओलीले प्रदेश–१ का आफूनिकट नेतासँग भर्चुअल बैठक गरेका थिए । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा प्रधानमन्त्रीले आफूनिकट नेतालाई सम्बोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिँदै आएको छ । नेपाल समाचार पत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  ९ : २० बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका