धुलिखेल, १६ कात्तिकः भौगोलिक हिसाबले काभ्रे जिल्लाको अति दुर्गम डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाको वडा नम्बर २ जोरछाँगामा पहिलो पटक बस पुगेको छ । बनेपाबाट सिधैँ जोरछाँगासम्म बसको यात्रा गर्न पाइनेछ ।
गाउँमा पहिलो पटक बसपुग्दा स्थानीयहरु खुशी भए । रमाए । बसका चालक र सहचालकलाई माला लगाइदिए । खुशी साटासाट गरे । जोरछाँगामा बस पुगेसँगै स्थानीयलाई बनेपासम्म आइपुग्न पनि सजिलो भएको छ ।
हेरौँ भिडियोमा….
कुपिन्टार–भञ्झ्याङ–सोक्तेल–अमलबास–टोकेदमार सम्म हिउदे महिनाहरुमा बस सेवामा सहज नै हुने भएको छ । महाभारत गाउँपालिकाले रोशीगाउँपालिकाको सांझकोट–निगाले–तारखसे– रचिडाडा–स्याप्लेडाडा–भञ्झ्याङ–सोक्तेल–अमलबास–टोकेदमारसम्मको सडकलाई विशेष महत्व दिएर काम अघि बढाएको छ ।








प्रतिक्रिया