२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा कोरोना भाइरसबाट थप एक जनाको निधन, ३० जना नयाँ संक्रमित थपिए

काभ्रेमा कोरोना भाइरसबाट थप एक जनाको निधन, ३० जना नयाँ संक्रमित थपिए


धुलिखेल ८ कात्तिकः काभ्रेमा आज कोरोना भाइरसका थप एक जना विरामीको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकाका ७८ बर्षीय महिलाको निधन भएको हो । काभ्रेमा यो संख्या कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना पुरुष र ७ जना महिला रहेका छन् ।

जिल्लामा आज ३० कोरोना भाइरसको संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ११ जना महिला र ७ जना पुरुष छन् । त्यस्तै पनौती नगरपालिकाका ४ जना महिला र ३ जना पुरुष, धुलिखेलका ३ पुरुष र १ महिला तथा पाँचखाल नगरपालिका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै काभ्रेमा संक्रमितको संख्या १५ सय ११ पुगेको छ ।

काभ्रेमा आज २५ जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म निको हुनेको संख्या ९४० पुगेको छ । ६ सय ७ जना पुरुष र ३ सय ३३ जना महिला निको भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकराी दिनुभयो ।

काभ्रेमा ४४३ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् । अस्पतालको आइसोलेसनमा ११२ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, ८ कार्तिक शनिबार  ५ : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना