२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा कोरोना भाइरसबाट थप एक जनाको निधन, ३० जना नयाँ संक्रमित थपिए

काभ्रेमा कोरोना भाइरसबाट थप एक जनाको निधन, ३० जना नयाँ संक्रमित थपिए


धुलिखेल ८ कात्तिकः काभ्रेमा आज कोरोना भाइरसका थप एक जना विरामीको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकाका ७८ बर्षीय महिलाको निधन भएको हो । काभ्रेमा यो संख्या कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना पुरुष र ७ जना महिला रहेका छन् ।

जिल्लामा आज ३० कोरोना भाइरसको संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ११ जना महिला र ७ जना पुरुष छन् । त्यस्तै पनौती नगरपालिकाका ४ जना महिला र ३ जना पुरुष, धुलिखेलका ३ पुरुष र १ महिला तथा पाँचखाल नगरपालिका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै काभ्रेमा संक्रमितको संख्या १५ सय ११ पुगेको छ ।

काभ्रेमा आज २५ जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म निको हुनेको संख्या ९४० पुगेको छ । ६ सय ७ जना पुरुष र ३ सय ३३ जना महिला निको भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकराी दिनुभयो ।

काभ्रेमा ४४३ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् । अस्पतालको आइसोलेसनमा ११२ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, ८ कार्तिक शनिबार  ५ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले