२०८३, ७ कार्तिक शनिबार

अख्तियारको जवाफ-मिश्रका कारण गोकुल बास्कोटामाथिको छानबिन रोकियो

अख्तियारको जवाफ-मिश्रका कारण गोकुल बास्कोटामाथिको छानबिन रोकियो


४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गोकुल बास्कोटामाथि छानबिन उनको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रका कारण रोकिएको बताएको छ ।

मिश्र सम्पर्कमा नआउँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको भनिएको ७० करोड रुपैयाँ अनियमितताबारे छानबिन रोकिएको भनी अख्तियारले संसदको सार्वजनिक लेखा समितिलाई पत्र पठाएको छ ।

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेको अडियो मिश्रले सार्वजनिक गरेका थिए । लेखा समितिले ०७६ फागुन ३० गते अख्तियारलाई पत्र लेखी यसबारे अनुसन्धान गर्न भनेको थियो ।

लेखा समितिले ८ असोज ०७७ मा अख्तियारलाई पत्र लेखी सेक्युरिटी प्रेस खरिदको छानबिन कहाँ पुग्यो रु भनेर सोधेको थियो । त्यसको जवाफमा अख्तियारले मिश्रसँग भेट नभएका कारण छानबिन रोकिएको जवाफ दिएको लेखा समिति सभापति भरत शाहले बताए ।

‘बयान सबै लिइसकेका छौं, विजय मिश्र नआएका कारण छानबिन रोकिएको कुरा अख्तियारको पत्रमा उल्लेख छ’ सभापति शाहले अनलाइनखबरसँग भने । १७ भदौमा अख्तियारले विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो । तर, हालसम्म मिश्र अख्तियारमा हाजिर हुन गएका छैनन् ।

बास्कोटाले सेक्युरिटी प्रस खरिदका लागि स्वीस कम्पनी केबीए नोटासिसको एजेन्ट मिश्रसँग कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । मिश्र हाल जापान रहेको पनि बताइएको छ । अख्तियारको पत्रबारे समितिमा छिट्टै छलफल गरेर अख्तियारलाई पुन ताकेता गर्ने लेखा समिति सभापति शाहले बताए ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार  ५ : ५४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना