२०८३, १४ बैशाख मंगलबार

अख्तियारको जवाफ-मिश्रका कारण गोकुल बास्कोटामाथिको छानबिन रोकियो

अख्तियारको जवाफ-मिश्रका कारण गोकुल बास्कोटामाथिको छानबिन रोकियो


४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गोकुल बास्कोटामाथि छानबिन उनको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रका कारण रोकिएको बताएको छ ।

मिश्र सम्पर्कमा नआउँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको भनिएको ७० करोड रुपैयाँ अनियमितताबारे छानबिन रोकिएको भनी अख्तियारले संसदको सार्वजनिक लेखा समितिलाई पत्र पठाएको छ ।

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेको अडियो मिश्रले सार्वजनिक गरेका थिए । लेखा समितिले ०७६ फागुन ३० गते अख्तियारलाई पत्र लेखी यसबारे अनुसन्धान गर्न भनेको थियो ।

लेखा समितिले ८ असोज ०७७ मा अख्तियारलाई पत्र लेखी सेक्युरिटी प्रेस खरिदको छानबिन कहाँ पुग्यो रु भनेर सोधेको थियो । त्यसको जवाफमा अख्तियारले मिश्रसँग भेट नभएका कारण छानबिन रोकिएको जवाफ दिएको लेखा समिति सभापति भरत शाहले बताए ।

‘बयान सबै लिइसकेका छौं, विजय मिश्र नआएका कारण छानबिन रोकिएको कुरा अख्तियारको पत्रमा उल्लेख छ’ सभापति शाहले अनलाइनखबरसँग भने । १७ भदौमा अख्तियारले विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो । तर, हालसम्म मिश्र अख्तियारमा हाजिर हुन गएका छैनन् ।

बास्कोटाले सेक्युरिटी प्रस खरिदका लागि स्वीस कम्पनी केबीए नोटासिसको एजेन्ट मिश्रसँग कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । मिश्र हाल जापान रहेको पनि बताइएको छ । अख्तियारको पत्रबारे समितिमा छिट्टै छलफल गरेर अख्तियारलाई पुन ताकेता गर्ने लेखा समिति सभापति शाहले बताए ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार  ५ : ५४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले