२०८२, २४ भाद्र मंगलबार

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा


काठमाडौं, ३ कार्तिक  : प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दशैं भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् ।

उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे । मन्त्री गुरुङले सरकारले कोरोनाको उपचारबाट सरकारले हात झिकेको भन्ने भनाई भ्रमपूर्ण रहेको बताएका छन् । उनले सरकारले जनताको उपचार गर्ने जिम्मेवारीबाट पन्छिएको नभई सक्नेले पैसा तिर्न र नसक्ने विपन्न वर्गलगायत ज्येठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उपचार सरकारले गर्ने स्पष्ट पारेका छन् । उनले काठामाडौं उपत्यकाका क्वारेन्टिन सेन्टरहरुलाई आईसोलेसनमा परिणत गरिएको पनि जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  ७ : १८ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा