२०८२, ११ माघ आईतबार

नेकपा नेता विष्णु रिजालको सांसदलाई प्रश्न महामारीमा दशैं भत्ता थाप्न लाज लाग्दैन ?

नेकपा नेता विष्णु रिजालको सांसदलाई प्रश्न महामारीमा दशैं भत्ता थाप्न लाज लाग्दैन ?


काठमाडौं, २ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले देश कोरोना संक्रमणका कारण नागरिक जीवन मरणको संघर्षमा रहेका बेला दशैं खर्च लिने साँसदलाई अलिकति लाज लागेन भनेर प्रश्न गरेका छन् ।

नेता रिजालले आइतबार सामाजिक सञ्जाल आफ्नो फेसबुकमार्फत कोरोना संक्रमितले उपचार नपाइरहेको तथा देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला दशैं खर्च सरकारले दिनु र साँसदले लिनु अस्वाभाविक भएको टिप्पणी गरेका हुन् । ‘सरकारले नागरिकलाई दशैं मनाउनका लागि नहिंड्नुस् भनिरहेको छ । अनि सांसदहरूलाई दशैं खर्च उपलब्ध गराइरहेको छ,’ रिजालले ट्वीटरमा समेत लेखेका छन्, ‘जनताले भेन्टिलेटर र औषधि नपाइरहेको, स्वास्थ्यकर्मीले सास फेर्ने फूर्सद नपाइरहेको र अर्थतन्त्र ओरालो लागिरहेका बेला जनप्रतिनिधिहरूले अलिकति लोकलाज र जिम्मेवारी महसुस गर्नु पर्दैन ?

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  ८ : ५० बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई