धुलिखेल २ कार्तिक : काभ्रेमा कोभिड १९ कोरोना भाईरस रोकथाम नियन्त्रण र व्यवस्थापन गर्ने कमाण्ड पोष्टको निर्णय अवज्ञ गदै बजार खुलेका छन् ।
काभ्रेमा कोभिड १९ कोरोना भाईरस संक्रमण बढेपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्दा गर्ने निर्णय कार्तिक१ गते गरेको थियो । शनिबार सम्ममा जिल्लामा ५ सय ४४ जनामा सक्रिय संक्रमण देखापरेपछि जिल्ला स्तरीय कोभिड १९ विपद ब्यवस्थापन केन्द्रले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापन गर्न आईतबारदेखि बन्दा गर्ने निर्णय गरेको हो ।
तर जिल्लाको बनेपा, धलिखेल, पनौती, पाँचखाल र भकुडे लगायतका बजारहरुमा निर्णयको अवज्ञा गरेको देखिन्छ । केन्द्रल अत्यावश्यक बाहेकका सबै सेवा बन्दा गर्ने निर्णय गरेपनि आईतबार विहानसम्म बनेपा धुलिखेल र पनौती लगायतका बजार क्षेत्रमा कुनैपनि पसल बन्दा भएका छैनन् । बजारखुलेसंगै नागरिकको भीडभाड देखिन्छ ।
बजारसंगै पनौती, बनेपा धुलिखेल काठमाडौं चल्ने सर्वाजनिक सावरी साधानहरुमा पनि निकैभिड देखिन्छ । सार्वजनिक यातायातहरुमा अनिवार्य स्वास्थ्य सुरक्षा वीधि अपनाउनु पर्ने भनिएपनि यातायात व्यवसायीले वेवास्त गरिदै आएको छ ।
जिल्ला स्तरीय कोभिड १९ विपद ब्यवस्थापन केन्द्रले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि आम नागरिक र सरोकारबाला सबैलाई गरेको अनुरोधको अवज्ञा गरेको प्रति नागरिक समाजका अभियान्तहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया