२०८२, ११ माघ आईतबार

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा नेपाल पुन निर्वाचित

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा नेपाल पुन निर्वाचित


काठमाडौं २८ असोज  : नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा आगामी कार्यकाल सन् २०२१–२०२३० का लागि पुनः निर्वाचित भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव भरतराज पौड्यालले ट्वीटर मार्फत नेपालले १५० भोट पाएर निर्वाचित भएको सार्वजनिक गरेका हो । नेपाल पहिले पनि मानवअधिकार परिषद्को सदस्य हुदै आईरहेको छ ।

नेपालसहित एशिया प्रशान्त क्षेत्रबाट नेपाल र थप तीन देश चीन, पाकिस्तान र उज्वेकिस्तान निर्वाचित भएका छन् । जम्मा ४७ सदस्य रहेको परिषदमा यस पटक १५ सिटका लागि निर्वाचन भएको हो ।

यसपटक निर्वाचित अन्य देशहरूमा अफ्रिकाबाट आइभोरी कोष्ट, गाबोन, मालबी र सेनेगल, पूर्वी युरोपबाट रूस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको, पश्चिम युरोपबाट फ्रान्य र बेलायत छन् ।

पाँच क्षेत्रीय समूहमध्येबाट परिषदमा देशहरू निर्वाचित हुन्छन् । एशिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेबियन स्टेट्सबाट ८ तथा पश्चिम युरोप र अन्य स्टेटहरूबाट ७ सिटमा प्रतिनिधित्व हुककदै आएको छ ।

संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल पुनः निर्वाचित हुनु राजनीतिक र मानव अधिकारमा नेपालले तय गरेको प्रगतिशील यात्रालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकृति दिएको प्रतिक्रया दिएका छन् ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार  ७ : ५४ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई