२०८३, २० आश्विन बुधबार

धुलिखेल–४ मा ‘सेवा घर’ सञ्चालन, वडा कार्यालयद्वारा खाद्यन्न सहयोग

धुलिखेल–४ मा ‘सेवा घर’ सञ्चालन, वडा कार्यालयद्वारा खाद्यन्न सहयोग


धुलिखेल, २३ असोजः धुलिखेल नगरपालिकाको वडा नम्बर ४ मा ‘सेवा घर’ सञ्चालनमा ल्याइएको छ । सडक बालबालिका र असहाय ब्यक्तिहरुलाई राख्न सञ्चालनमा ल्याइएको सेवा घरको शुक्रबार धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो ।

मानव कल्याण समाजले ‘सेवा घर’ सञ्चालनमा ल्याएको हो । ‘सेवा घर’ लागि वडा नम्बर ४ को कार्यालय खाद्यन्न सहयोग गरेको छ । १० बोरा चालम, १ कार्टुन तेल, १ बोरो आयोडिन नुन, १० केजी रातो दाल, १ प्याकेट धुलो जिरा, १० केजी चिनी ‘सेवा घर’ लाई वडाध्यक्ष रविन्द्र कर्माचार्यले हस्तान्तरण गर्नुभएको हो । वडा कार्यालय र वडाका विभिन्न ब्यक्तिहरुले गरेको करिब २४ हजार बराबरको सहयोग सेवा घरलाई उपलब्ध गराइएको वडाध्यक्ष कर्मचार्यले बताउनुभयो ।

त्यस्तै १० केजी चना, १ प्याकेट बेसार, ५ केजी मस्यौरा, २ दर्जन नुहाउने साबुन, १ कार्टुन लुगाधुने साबुन र १० प्याकेट सरफ वडाध्यक्ष कर्माचार्यले सहयोग उपलब्ध गराएको मानव कल्याण समाजले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष कर्माचार्यले सडक बालबालिका मुक्त काभ्रे बनाउने अभियानमा आफ्नो वडाले गर्न सक्ने सबै प्रकारका सहयोग उपलब्ध गराउने बताउनुभयो । त्यस्तै मठमन्दिर, सडकपिटमा बस्ने बेवारिसे, असहाय, अशक्त र अपाङ्गता मुक्त जिल्ला बनाउन पनि आफ्नो वडा अग्रंक्तिमा रहेर काम गर्न तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार  ६ : ३९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको