२०८३, ७ कार्तिक शनिबार

काभ्रेबाट सस्तो मुल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भन्दै ठग्ने ४ जना पक्राउ

काभ्रेबाट सस्तो मुल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भन्दै ठग्ने ४ जना पक्राउ


धुलिखेल, १९ असोजः काभ्रे प्रहरीले सस्तो मुल्यमा अमेरिकी डलर सटही गरी दिन्छु भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ परेका ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका चारै जना बाह्रबिसे नगरपालिका वडा नम्बर ५ का रहेका छन् । प्रहरीका अनुसार श्रीखण्ड तामाङ, हर्क तामाङ, चैते भनिने बुद्धि बहादुर तामाङ र गोबिन्द तामाङ रहेका छन् । उनीहरुले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ घर भएका पेन्जोम शेर्पालाई १७ हजार अमेरिकी डलर भेटाएको र सस्तो मुल्यमा दिने भनि भन्दै असार २० गते अपरिचित नम्बरबाट पटक पटक फोन गरी काभ्रे बोलाएका थिए ।

२०७७ साउन १२ गते काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ लामिडाँडामा शेर्पालाई बोलाएर दश लाख मात्रै दिइ बाँकी पैसा पछि दिने भन्दै रुमालमा बाँधेर अमेरिकी डलरको पोको थमाएका थिए । अभियुक्तहरुले तत्काल उक्त पोको नखोल्न र प्रहरीले थाहा पाए दुबैपक्षलाई अप्ठ्यारो पर्ने भन्दै १० लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छुट्टा छुट्टै स्थानबाट पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेमा पेस गरी थप अनुसान्धान थालेको छ ।

प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार  ५ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना