२०८३, १५ बैशाख बुधबार

काभ्रेबाट सस्तो मुल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भन्दै ठग्ने ४ जना पक्राउ

काभ्रेबाट सस्तो मुल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भन्दै ठग्ने ४ जना पक्राउ


धुलिखेल, १९ असोजः काभ्रे प्रहरीले सस्तो मुल्यमा अमेरिकी डलर सटही गरी दिन्छु भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ परेका ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका चारै जना बाह्रबिसे नगरपालिका वडा नम्बर ५ का रहेका छन् । प्रहरीका अनुसार श्रीखण्ड तामाङ, हर्क तामाङ, चैते भनिने बुद्धि बहादुर तामाङ र गोबिन्द तामाङ रहेका छन् । उनीहरुले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ घर भएका पेन्जोम शेर्पालाई १७ हजार अमेरिकी डलर भेटाएको र सस्तो मुल्यमा दिने भनि भन्दै असार २० गते अपरिचित नम्बरबाट पटक पटक फोन गरी काभ्रे बोलाएका थिए ।

२०७७ साउन १२ गते काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ लामिडाँडामा शेर्पालाई बोलाएर दश लाख मात्रै दिइ बाँकी पैसा पछि दिने भन्दै रुमालमा बाँधेर अमेरिकी डलरको पोको थमाएका थिए । अभियुक्तहरुले तत्काल उक्त पोको नखोल्न र प्रहरीले थाहा पाए दुबैपक्षलाई अप्ठ्यारो पर्ने भन्दै १० लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छुट्टा छुट्टै स्थानबाट पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेमा पेस गरी थप अनुसान्धान थालेको छ ।

प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार  ५ : ५३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले