२०८२, ११ माघ आईतबार

सरकारको डाक्टर केसीलाई आग्रह : देश असामान्य अवस्थामा छ, अनसन फिर्ता लिनुस्

सरकारको डाक्टर केसीलाई आग्रह : देश असामान्य अवस्थामा छ, अनसन फिर्ता लिनुस्


काठमाडौं, १६ असोज : सरकारले अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई जारी अनसन फिर्ता लिन आग्रह गरेको छ ।

बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले देशमा असामान्य अवस्था रहेका बेला अनसन, धर्नालगायतका आन्दोलन उपयुक्त नहुने बताए । कोरोनाको जोखिमपछि बाँकी कुराहरु छलफल गर्न सकिने भन्दै सबै जना अहिले कोरोनाबाट उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न लागिपर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘अहिले कोरोनाका कारण देशमाअसामान्य अवस्था छ । आज मात्रै हामीले एक जना राम्रो चिकित्सकलाई गुमाएका छौं । यतिबेला आन्दोलन, धर्ना उपयुक्त हुन्छ र रु यदि केही कुराहरु छन् भने पछि पनि त छलफल गर्न सकिन्छ नि ।’

बिहीबार मात्रै कोरोना संक्रमणका कारण कर्णाली ली प्रदेश अस्पताल सुर्खेतका बरिष्ठ अर्थोपेडिक सर्जन डा। हरि सापकोटाको मृत्यु भएको छ । मन्त्रिपरिषदका निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले डा। केसी र उनका सहयोगीहरुलाई अहिले अनसन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार  ७ : १६ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई