२०८२, १ माघ बिहीबार

मानव अधिकार तथ्याङ्क संकलन पुनर्ताजगी कार्यक्रम

मानव अधिकार तथ्याङ्क संकलन पुनर्ताजगी कार्यक्रम


काभ्रे १५ असोज : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले जिल्लामा कार्यरत प्रतिनिधिहरूका लागि कार्य क्षमता तथा तथ्याङ्क संकलनमा दक्षता अभिवृद्धि र पुनर्ताजगी कार्यक्रम २०७७ असोज १५ गते काभ्रेको धुलिखेलमा सम्पन्न गरेको छ ।


कार्यक्रममा मानव अधिकार प्रलेख तथा बहस पैरवी विभागका प्रमुख श्रीराम बजगाईले ईन्सेकले नयाँ प्रविधि मार्फत मानव अधिकार अभिलेखीकरण र मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरूका तथ्याङ्क प्रणालीलाई छरितो र प्रविधिमैत्री बनाउने बताउनु भयो । त्यस्तै प्रमुख बजगाईले ईन्सेकले राज्यको नयाँ संरचना अनुसार वर्षभरिका परियोजना र घटनाहरु सफल बनाउन पुनर्ताजगी कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो ।


कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले आफ्नो योगदानलाई अझै सिर्जनशील र प्रभावकारी बनाउन तालिमले सहयोग गर्ने बताउनु भयो । कार्यकारी निर्देशक गौतमले ईन्सेकद्वारा सङ्कलित र प्रकाशित समाचार र घटनाहरु विश्वासनियता तथ्यपरक बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।


ईन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले घटना संकलन अध्यवधिक गर्ने क्रममा देखिएका कमीकमजोरीलाई समेत आगामी दिनमा नदोहोरिने गरी पुनर्ताजगी कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रममा बागमती प्रदेश १३ जिल्लाका ईन्सेक प्रतिनिधिहरुको सहभागी हरेका थिए ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ७ : ३८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा