२०८३, २० आश्विन बुधबार

मानव अधिकार तथ्याङ्क संकलन पुनर्ताजगी कार्यक्रम

मानव अधिकार तथ्याङ्क संकलन पुनर्ताजगी कार्यक्रम


काभ्रे १५ असोज : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले जिल्लामा कार्यरत प्रतिनिधिहरूका लागि कार्य क्षमता तथा तथ्याङ्क संकलनमा दक्षता अभिवृद्धि र पुनर्ताजगी कार्यक्रम २०७७ असोज १५ गते काभ्रेको धुलिखेलमा सम्पन्न गरेको छ ।


कार्यक्रममा मानव अधिकार प्रलेख तथा बहस पैरवी विभागका प्रमुख श्रीराम बजगाईले ईन्सेकले नयाँ प्रविधि मार्फत मानव अधिकार अभिलेखीकरण र मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरूका तथ्याङ्क प्रणालीलाई छरितो र प्रविधिमैत्री बनाउने बताउनु भयो । त्यस्तै प्रमुख बजगाईले ईन्सेकले राज्यको नयाँ संरचना अनुसार वर्षभरिका परियोजना र घटनाहरु सफल बनाउन पुनर्ताजगी कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो ।


कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले आफ्नो योगदानलाई अझै सिर्जनशील र प्रभावकारी बनाउन तालिमले सहयोग गर्ने बताउनु भयो । कार्यकारी निर्देशक गौतमले ईन्सेकद्वारा सङ्कलित र प्रकाशित समाचार र घटनाहरु विश्वासनियता तथ्यपरक बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।


ईन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले घटना संकलन अध्यवधिक गर्ने क्रममा देखिएका कमीकमजोरीलाई समेत आगामी दिनमा नदोहोरिने गरी पुनर्ताजगी कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रममा बागमती प्रदेश १३ जिल्लाका ईन्सेक प्रतिनिधिहरुको सहभागी हरेका थिए ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ७ : ३८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको