२०८३, २५ भाद्र शुक्रबार

कोरोनाविरुद्धको रूसी खोप सफल भए नेपालमा मङ्सिरदेखि

कोरोनाविरुद्धको रूसी खोप सफल भए नेपालमा मङ्सिरदेखि


काठमाडौं १४ असोज : रूसले परीक्षणको तेस्रो चरणमा पुर्‍याएको कोरोनाविरुद्धको स्पुतनिक खोप सफल भए मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ।

​रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच खोपले सफलता प्राप्त गरेमा नेपाल ल्याउने सहमति भएको हो। परीक्षण क्रममा रहेको खोप सफल भए मङ्सिरको दोस्रो साता खोप नेपाल ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिएका छन्‌। परीक्षण क्रममा रहेको खोप नेपाल ल्याउनका लागि निजी क्षेत्रलाई अधिकार नभएको उनले बताए ।

उनका अनुसार रूसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टुबर पहिलो साता अर्थात यही असोज तेश्रो साता प्रयोगमा अनुमति पाउनेछ। खोपले सफलता पाएमा नेपालमा वितरण गर्न पहल थालिएको छ। एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो। परीक्षण क्रममा रहेको खोपलाई बुक गरेको अधिकारीले बताए ।

बुक गरेको खोपले सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउनेछ अधिकारीले भने, अहिले कम्पनी र रसियन फन्डसँग सम्झौता मात्र भएको छ। नेपालस्थित रूसी राजदूतावासको सहकार्यमा सहमति गरिएको हो। खोप ल्याउने चरणमा पुगेपछि नेपाल सरकारसँग सहमति मागिने उनले जनाए ।

प्रकाशित मिति : २०७७, १४ आश्विन बुधबार  ७ : २४ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको