२०८१, १८ चैत्र मंगलबार

कोरोनाविरुद्धको रूसी खोप सफल भए नेपालमा मङ्सिरदेखि

कोरोनाविरुद्धको रूसी खोप सफल भए नेपालमा मङ्सिरदेखि


काठमाडौं १४ असोज : रूसले परीक्षणको तेस्रो चरणमा पुर्‍याएको कोरोनाविरुद्धको स्पुतनिक खोप सफल भए मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ।

​रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच खोपले सफलता प्राप्त गरेमा नेपाल ल्याउने सहमति भएको हो। परीक्षण क्रममा रहेको खोप सफल भए मङ्सिरको दोस्रो साता खोप नेपाल ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिएका छन्‌। परीक्षण क्रममा रहेको खोप नेपाल ल्याउनका लागि निजी क्षेत्रलाई अधिकार नभएको उनले बताए ।

उनका अनुसार रूसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टुबर पहिलो साता अर्थात यही असोज तेश्रो साता प्रयोगमा अनुमति पाउनेछ। खोपले सफलता पाएमा नेपालमा वितरण गर्न पहल थालिएको छ। एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो। परीक्षण क्रममा रहेको खोपलाई बुक गरेको अधिकारीले बताए ।

बुक गरेको खोपले सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउनेछ अधिकारीले भने, अहिले कम्पनी र रसियन फन्डसँग सम्झौता मात्र भएको छ। नेपालस्थित रूसी राजदूतावासको सहकार्यमा सहमति गरिएको हो। खोप ल्याउने चरणमा पुगेपछि नेपाल सरकारसँग सहमति मागिने उनले जनाए ।

प्रकाशित मिति : २०७७, १४ आश्विन बुधबार  ७ : २४ बजे

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

काठमाडौं । चैत १५ र १८ गते बसेको मन्त्रिपरिषद बैठकका

मधेश प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभाबाट

विदेश जान रोक्न स्वदेशमै रोजगारमूलक तालिम

मुगु । बेरोजगारीको कारण दैनिक ३० देखि ४० जनासम्म मुगुका

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

काठमाडौंमा लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म कायम रहने अधिकारीको भनाई

काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको