२०८२, १० माघ शनिबार

कांग्रेसमा खैलाबैला : १४औँ महाधिवेशन निष्पक्ष हुनुपर्ने मागसहित पौडेल पक्षले दर्ता गरायो विरोधपत्र

कांग्रेसमा खैलाबैला : १४औँ महाधिवेशन निष्पक्ष हुनुपर्ने मागसहित पौडेल पक्षले दर्ता गरायो विरोधपत्र


काठमाडौं १३ असोज सत्तारुढ दल नेकपाभित्रको विवाद साम्य भए पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद चुलिँदै गएको छ ।

नेता रामचन्द्र पौडेल पक्षले १४औँ महाधिवेशन निष्पक्ष हुनुपर्ने माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र दर्ता गराएको छ ।

सोमबार पार्टी कार्यालय सानेपा पुगेर पौडेल पक्षका नेताहरूले विरोधपत्र दर्ता गराएका हुन् । विरोधपत्रमा पौडल पक्षका २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । विरोधपत्र बुझाउन केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशी, दीपक गिरी, जीवन परियार र धनराज गुरुङ सानेपा पुगेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले सदस्यता वितरण, विभागमा नियुक्ति, समायोजन, भ्रातृ संस्थामा मनोमानी गरी महाधिवेशनलाई प्रभावित गर्न खोजेको भन्दै पौडेल पक्षले आफ्नो असन्तुष्टि महाधिवेशनमा पनि उठाउने तयारी गरेको छ ।

यही १९ असोजमा बस्ने केन्द्रीय समितिको बैठकमा आज बुझाएको विरोधपत्रमा समावेश गरेका विषयहरू उठाउने नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।

पार्टी कार्यालयमा बुझाइएको विरोधपत्रमा रामचन्द्र पौडेल, डा। शशांक कोइराला, सीतादेवी यादव, प्रकाशमान सिंह, डा। रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, डा। मीनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा। शेखर कोइराला, नवीन्द्रराज जोशीलगायत २७ जनाले हस्ताक्षर गरेका छन् । नयाँपत्रिका दैनिक

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ८ : ४१ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई