२०८२, २३ चैत्र मंगलबार

कांग्रेसमा खैलाबैला : १४औँ महाधिवेशन निष्पक्ष हुनुपर्ने मागसहित पौडेल पक्षले दर्ता गरायो विरोधपत्र

कांग्रेसमा खैलाबैला : १४औँ महाधिवेशन निष्पक्ष हुनुपर्ने मागसहित पौडेल पक्षले दर्ता गरायो विरोधपत्र


काठमाडौं १३ असोज सत्तारुढ दल नेकपाभित्रको विवाद साम्य भए पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद चुलिँदै गएको छ ।

नेता रामचन्द्र पौडेल पक्षले १४औँ महाधिवेशन निष्पक्ष हुनुपर्ने माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र दर्ता गराएको छ ।

सोमबार पार्टी कार्यालय सानेपा पुगेर पौडेल पक्षका नेताहरूले विरोधपत्र दर्ता गराएका हुन् । विरोधपत्रमा पौडल पक्षका २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । विरोधपत्र बुझाउन केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशी, दीपक गिरी, जीवन परियार र धनराज गुरुङ सानेपा पुगेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले सदस्यता वितरण, विभागमा नियुक्ति, समायोजन, भ्रातृ संस्थामा मनोमानी गरी महाधिवेशनलाई प्रभावित गर्न खोजेको भन्दै पौडेल पक्षले आफ्नो असन्तुष्टि महाधिवेशनमा पनि उठाउने तयारी गरेको छ ।

यही १९ असोजमा बस्ने केन्द्रीय समितिको बैठकमा आज बुझाएको विरोधपत्रमा समावेश गरेका विषयहरू उठाउने नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।

पार्टी कार्यालयमा बुझाइएको विरोधपत्रमा रामचन्द्र पौडेल, डा। शशांक कोइराला, सीतादेवी यादव, प्रकाशमान सिंह, डा। रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, डा। मीनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा। शेखर कोइराला, नवीन्द्रराज जोशीलगायत २७ जनाले हस्ताक्षर गरेका छन् । नयाँपत्रिका दैनिक

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ८ : ४१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि