२०८३, ७ कार्तिक शनिबार

अब पानी पर्छ कि पर्दैन ? यस्तो छ प्रदेश अनुसार तीन दिनको मौसम पूर्वानुमान

अब पानी पर्छ कि पर्दैन ? यस्तो छ प्रदेश अनुसार तीन दिनको मौसम पूर्वानुमान


काठमाडौं, १३ असोज : हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले नेपालमा पनि मनसुन घट्दै गएको छ । नेपालमा मनसुन बाहिरिने क्रममा रहेको मौसमविदले बताएका छन् ।

आज प्रदेश १, गण्डकी प्रदेश र प्रदेश९५ मा सामान्य बदली भई थोरे स्थानमा मात्र हल्का वर्षा हुनेछ मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी प्रदेशमा आशिंक बदलीको सम्भावना छ । हाल देशका पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?
असोज १३ गते मंगलबारदिउँसो प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

असोज १४ गते बुधबार

दिउँसो – प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

असोज १५ गते बिहीबार

दिउँसो प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

राति प्रदेश९ १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ८ : १२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना