२०८३, ७ कार्तिक शनिबार

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय यथावत् राख्न सर्वोच्चको आदेश

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय यथावत् राख्न सर्वोच्चको आदेश


काठमाडौं १३ असोज सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड ९ओम्नी०लाई कालोसूचीमा राख्ने निर्णय यथावत् राख्न आदेश दिएको छ । सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले यस्तोआदेश दिएको हो ।

ओम्नीले ९ असोजमा सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राख्ने निर्णयविरुद्ध अदालतमा रिट दायर गरेको थियो । ओेम्नीका सञ्चालक पारस केसीले दायर गरेको रिटमा अदालतको यस्तो आदेश आएको हो ।

सरकारले २९ चैतमा यसअघि स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । २८ भदौमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कुनै पनि टेन्डरमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

कार्यालयले कुनै पनि खरिद तथा बिक्री प्रक्रियामा भाग लिन नपाउने गरी एक वर्षसम्मका लागि कालोसूचीमा राखेको थियो । सरकारले स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गरेको रिटमा फैसला आइनसक्दै कालोसूचीमा राख्ने निर्णय भएपछि ओम्नीअर्को रिटसहित सर्वोच्च गएको हो ।

सम्झौता रद्द र पाँच करोड रुपैयाँ जमानत जफत भएकोविरुद्ध सर्वोच्चले भदौ ४ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उक्त समूहसँग सरकारले सवा अर्ब रुपैयाँभन्दा बढीकोे सामग्री खरिदको सम्झौता गरेको थियो । तर, मास्क, पञ्जा, पिपिईजस्ता सामग्री बजारमूल्यभन्दा बढी देखिएको र वेलामा सामान आपूर्ति नगरेको भन्दै स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गरेको जनाएको थियो ।

आफूलाई सफाइ दिने मौका नदिई सम्झौता तोडेको भन्दै सम्झौता तोड्ने निर्णय खारेजीको माग गर्दै उक्त समूहले रिट दायर गरेको थियो । नयाँ पत्रिका दैनिक

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ७ : ४१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना