२०८३, २० आश्विन बुधबार

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय यथावत् राख्न सर्वोच्चको आदेश

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय यथावत् राख्न सर्वोच्चको आदेश


काठमाडौं १३ असोज : सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड ९ओम्नी०लाई कालोसूचीमा राख्ने निर्णय यथावत् राख्न आदेश दिएको छ । सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले यस्तोआदेश दिएको हो ।

ओम्नीले ९ असोजमा सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राख्ने निर्णयविरुद्ध अदालतमा रिट दायर गरेको थियो । ओेम्नीका सञ्चालक पारस केसीले दायर गरेको रिटमा अदालतको यस्तो आदेश आएको हो ।

सरकारले २९ चैतमा यसअघि स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । २८ भदौमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कुनै पनि टेन्डरमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

कार्यालयले कुनै पनि खरिद तथा बिक्री प्रक्रियामा भाग लिन नपाउने गरी एक वर्षसम्मका लागि कालोसूचीमा राखेको थियो । सरकारले स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गरेको रिटमा फैसला आइनसक्दै कालोसूचीमा राख्ने निर्णय भएपछि ओम्नीअर्को रिटसहित सर्वोच्च गएको हो ।

सम्झौता रद्द र पाँच करोड रुपैयाँ जमानत जफत भएकोविरुद्ध सर्वोच्चले भदौ ४ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उक्त समूहसँग सरकारले सवा अर्ब रुपैयाँभन्दा बढीकोे सामग्री खरिदको सम्झौता गरेको थियो । तर, मास्क, पञ्जा, पिपिईजस्ता सामग्री बजारमूल्यभन्दा बढी देखिएको र वेलामा सामान आपूर्ति नगरेको भन्दै स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गरेको जनाएको थियो ।

आफूलाई सफाइ दिने मौका नदिई सम्झौता तोडेको भन्दै सम्झौता तोड्ने निर्णय खारेजीको माग गर्दै उक्त समूहले रिट दायर गरेको थियो । नयाँ पत्रिका दैनिक

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ७ : ३९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको