२०८३, ११ बैशाख शनिबार

अबिरल बर्षातका कारण काभ्रेको च्यासिङखर्कको जनजीवन प्रभाबित

अबिरल बर्षातका कारण काभ्रेको च्यासिङखर्कको जनजीवन प्रभाबित


धुलिखेल, ८ भदौँः काभ्रेको दक्षिणी क्षेत्रमा पर्ने बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिंखर्कको जनजीबन प्रभाबित बनेको छ । केही दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण जनजीवन प्रभाबित बनेको हो ।

वडा कार्यालयले सजग र सुरक्षित रहन सूचना समेत जारी गरेका छन । ‘३ दिनदेखीको अविरल बर्षाका कारण खोलानालामा पानीको बहाप बढीरहेको, जमिन गलेर ठाउँठाउँमा पहिरो जाने क्रम बढीरहेको छ ।’ वडा अध्यक्ष खजेन्ची बहादुर लामाले भन्नुभयो ‘विपतको समयमा सजग रहन सम्पूर्ण वडाबासीलाई अनुरोध गर्दछु । जस्तोसुकै बिपद र बिषम परिस्थितीमा पनि वडा कार्यालयको साथ र सहयोग रहनेछ ।’

वडा सदस्य शुकलाल ब्लोन (शुकु) ले सजग र सतर्कता अपनाउन सूचना जारी गरेको बताउनुभयो । उहाँका अनुसार फोन, म्यासेज, म्यसेन्जर र वडा कार्यालयले जारी गरेको सूचना च्याल्टी, वाइबाडाँडा, कामीडाँडा, छिर्के, छापडाँडा, लड्कुखोला पौवा, मदनबास, भंगाला, खल्टे लगायतका स्थानमा टाँस गरी सम्भावित बाढी र पहिरोबाट सचेत रहने वडाबासीलाई आग्रह गरिएको छ ।

ऋण गरी घर बनायो, पहिरोले जाग्रम बनायो
बेथानचोक गाउँपालिका वडा नम्बर ५ गोलेटोलका जगत बहादुर तामाङलाई पहिरो जाने डरले सताउन थालेको छ । ३ दिन अघिदेखी बर्षा हुन थालेपछि लकडाउन अवधिभर गाउँकै सहकारी मार्फत ऋण लिएर बनाएको घर पहिरोले लाने डरले रातभर पिरोलिन थालेको तामाङले बताउनुभयो । ‘ऋण गरेर घर बनाएर त सक्यो पानी पर्न थालेपछि डर लागि रहेको छ, उहाँले भन्नभुयो ‘नयाँ घरमा बस्ने सपना अधुरै पो रहने हो की घर भन्दा मुनी पाखाको जमिन चर्केको छ हरेक बर्ष पहिरो जान्छ । रातभर निन्द्रै लाग्दैन ।’

तामाङ जस्तै गोलेटोलमा रहेका करीब १० घर पहिरोको उच्च जोखिममा परेको स्थानीयहरु बताउँछन । पानी पर्ने क्रम नरोकिएकाले गाउँनै बगाउने हो कि भन्ने चिन्ता लागेको स्थानीयहरुको भनाई छ । सानुगणेश बहादुर गोलेको पनि पीडा उही छन । छोरा नरेन्द्र गोलेले कोरियाबाट कमाएको पैसाले नयाॅं घर बनाईपछि खुसिले गदगद थियो । पहिरोको डरले उनको मन खिन्न छन् । के हुने हो थाहा छैन पानी परेको पर्यै छ ।

प्रकाशित मिति : २०७७, ८ आश्विन बिहीबार  ७ : १० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले