धुलिखेल, १ असोजः काभ्रेको पाँचखाल नगरपालिकाले सामाजिक कुकुरको बन्ध्याकरण गर्ने भएको छ । नगरपालिकाले कुकुरको बन्ध्याकरणका लागि चालु आर्थिक वर्षमा २ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दौ सामाजिक कुकुरको बन्ध्याकरण गर्न इच्छुक संघसंस्थासँग प्रस्तावना समेत आवह्वान गरेको छ । सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निवेदन प्रेश गर्न नगरपालिकाले भनेको छ ।









प्रतिक्रिया