२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा एकैदिन थपिए २० जना कोरोना संक्रमित

काभ्रेमा एकैदिन थपिए २० जना कोरोना संक्रमित


धुलिखेल, ३१ भदौः काभ्रेमा आज एकैदिन २० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार २० जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएकामा सबैभन्दा बढी बनेपामा ५ जना पुरुष र ६ जना महिला गरी ११ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै धुलिखेल नगरपालिकामा ३ जना पुरुष र २ जना महिलामा कोरोना देखिएको छ । त्यसैगरी चौरीदेउराली र रोशी गाउँपालिकामा १÷१ जना पुरुष तथा पनौती नगरपालिकामा १ जना महिला र मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४३९ पुगेको छ । २८३ जना निको भएर घर फर्किएका छन् । ९५ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ५८ जना होम आइसोलेसनमा रहेका छन् । काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुई जना महिला र दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर, नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार  ५ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना