२०८३, ७ कार्तिक शनिबार

धुलिखेल नगरपालिका वडा नम्बर ४ मा बुद्ध पार्क निर्माण

धुलिखेल नगरपालिका वडा नम्बर ४ मा बुद्ध पार्क निर्माण


धुलिखेल, २६ भदौँः धुलिखेल नगरपालिकाको वडा नम्बर ४ मा बुद्ध पार्क निर्माण पुरा भएको छ । निर्माण पुरा भएको बखुण्डोल बुद्ध पार्कको आज नगरप्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो ।

डिभिजन वन कार्यालय धुलिखेल, धुलिखेल नगरपालिका, वडा नम्बर ४ कार्यालय र स्थानीयको साझेरीदारीमा पार्क निर्माण पुरा भएको वडाध्यक्ष रविन्द्र कर्माचार्याले जानकारी दिनुभयो । पार्क निर्माणका लागि २६ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

पार्क उद्घाटनमा बोल्दै नगरप्रमुख ब्याञ्जुले देशकै नमुना नगरपालिका बनाउने उद्देश्यका साथ भइरहेको विकास निर्माणको गतिविधिमा नगरबासीको सहभागिताले थप हौस्याएको बताउनुभयो । खुल्ला दिसामुक्त र साक्षर नगर घोषणा भइसकेको भन्दै नगरप्रमुख ब्याञ्जुले अब उद्यमशील सहर बनाउने योजना अघि बढिसकेको बताउनुभयो । त्यस्तै यो वर्षदेखि स्वथ्य सहरको अवधारणलाई अघि सारेर काम तीब्र गतिमा अघि बढिरहेको बताउनुभयो ।

नगरपालिकाको ६ वटा वडाहरु बालमैत्री वडा घोषणा भइसकेको जानकारी दिदैँ नगरप्रमुख ब्याञ्जुले बाँकी रहेका ६ वटा वडालाई पनि चालु आर्थिक वर्षभित्र बालमैत्री वडा घोषणा गरिने बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि समेत यस्ता पार्कहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने नगरप्रमुख ब्याञ्जुको भनाई छ ।

प्रकाशित मिति : २०७७, २६ भाद्र शुक्रबार  ३ : ५५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना