२०८३, १५ बैशाख बुधबार

धुलिखेल नगरपालिका वडा नम्बर ४ मा बुद्ध पार्क निर्माण

धुलिखेल नगरपालिका वडा नम्बर ४ मा बुद्ध पार्क निर्माण


धुलिखेल, २६ भदौँः धुलिखेल नगरपालिकाको वडा नम्बर ४ मा बुद्ध पार्क निर्माण पुरा भएको छ । निर्माण पुरा भएको बखुण्डोल बुद्ध पार्कको आज नगरप्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो ।

डिभिजन वन कार्यालय धुलिखेल, धुलिखेल नगरपालिका, वडा नम्बर ४ कार्यालय र स्थानीयको साझेरीदारीमा पार्क निर्माण पुरा भएको वडाध्यक्ष रविन्द्र कर्माचार्याले जानकारी दिनुभयो । पार्क निर्माणका लागि २६ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

पार्क उद्घाटनमा बोल्दै नगरप्रमुख ब्याञ्जुले देशकै नमुना नगरपालिका बनाउने उद्देश्यका साथ भइरहेको विकास निर्माणको गतिविधिमा नगरबासीको सहभागिताले थप हौस्याएको बताउनुभयो । खुल्ला दिसामुक्त र साक्षर नगर घोषणा भइसकेको भन्दै नगरप्रमुख ब्याञ्जुले अब उद्यमशील सहर बनाउने योजना अघि बढिसकेको बताउनुभयो । त्यस्तै यो वर्षदेखि स्वथ्य सहरको अवधारणलाई अघि सारेर काम तीब्र गतिमा अघि बढिरहेको बताउनुभयो ।

नगरपालिकाको ६ वटा वडाहरु बालमैत्री वडा घोषणा भइसकेको जानकारी दिदैँ नगरप्रमुख ब्याञ्जुले बाँकी रहेका ६ वटा वडालाई पनि चालु आर्थिक वर्षभित्र बालमैत्री वडा घोषणा गरिने बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि समेत यस्ता पार्कहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने नगरप्रमुख ब्याञ्जुको भनाई छ ।

प्रकाशित मिति : २०७७, २६ भाद्र शुक्रबार  ३ : ५५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले