धुलिखेल, २१ भदौँः राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार राजाराम कार्की माथि सांघातिक हमला भएको छ । बनेपा बसपार्क स्थित एक हाडवेयरमा कार्कीमाथि आक्रमण भएको बताइएको छ ।
घरायसी कामका लागि हार्डवेयरमा सामान किन्न जानु भएका पत्रकार कार्की माथि सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर घर भएका उद्धव कार्कीले आक्रमण गरेका हुन् । उद्धव साँगा स्थित नेपाल प्रहरी विद्यालय नेपाली विषय पठाउने शिक्षक रहेकाे बताइएकाे छ ।
पत्रकार कार्की राष्ट्रिय समाचार समितिका बरिष्ठ समाचारदाता तथा रासस सेवाग्राही प्रमुखकाे जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ । उद्धवले पछाडिबाट माेटरसाइकलकाे हेल्डमेटले हानेकाे बताइएकाे छ । पत्रकार कार्कीकाे टाउकाेमा गम्भीर चाेट लागेकाे छ। घाइते पत्रकारकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ ।
यसैबीच प्रेस युनियन काभ्रे शाखाले एक विज्ञप्ति जारी गर्दै पत्रकार कार्की माथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ । युनियनका काभ्रे अध्यक्ष कपिल कोइरालाले जारी गरेको विज्ञप्तिमा पत्रकार कार्कीको ज्यानै मार्ने उद्देश्यले आक्रमण भएको भन्दै छानविन गरी दोषि उपर कारबाही गर्न भनिएको छ ।








प्रतिक्रिया