२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा होम आइसोलेसन बस्ने कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

काभ्रेमा होम आइसोलेसन बस्ने कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो


धुलिखेल, २० भदौँः काभ्रेमा घरकै आइसोलेसनमा बस्ने कोरोना संक्रमितको पछिल्लो समय ह्वात्तै बढेको छ । जिल्लामा चिकित्सक सहितको आइसोलेसन बेड संख्या २२७ वटा मात्रै रहेको छ । कोरोना संक्रमितको संख्या र आइसोलेसन बेड संख्या बीच तालमेल नमिलिरहेका बेला आफ्नै घरमा बसेर कोरोना जित्न हिम्मत बढुल्नेको संख्या बढेको हो ।

तर शनिबार मध्याह्नसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३१६ पुगेको छ । अस्पतालमा आइसोलेसन वेडको अभाव हुन थालेसँगै सरकारले होम आइसोलेसनमा बस्ने चाहानेलाई मापदण्ड नै बनाएको छ । जिल्लामा शनिबारसम्ममा ४१ जना होम आइसोलेसनमा बसेका छन् ।

सबैभन्दा बढी कोरोना संक्रमित देखिएको बनेपामा आइसोलेसन बेड १ सय ५९ रहेको छ । बनेपाका १ सय ४२ जना कोरोना संक्रमित मध्ये ११७ जना अस्पतालको आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनमा बस्नेको संख्या पनि बनेपामै धेरै । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार २५ जना कोरोना संक्रमित आफ्नै घरको आइसोलेनमा बसिरहेका छन् ।

त्यस्तै ३० जना संक्रमित भएको धुलिखेलमा १० जना होम आइसोलेसनमा बसिरहेका छन् भने २० जना अस्पतालको आइसोलेसनमा छन् । पनौती नगरपालिका रहेका ४ जना नै संक्रमित आफ्नै घरको आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । त्यस्तै भुम्लु गाउँपालिकाका १ जना नै संक्रमित आफ्नै घरको आइसोलेसनमा बसिरहेका छन् ।

कम लक्षण वा लक्षण बिनाको कोरोना संक्रमितले आफ्नै घरमा १४ दिन आइसोलेसन बसे कोरोनालाई सहजै पराजित गर्न सक्ने चिकित्सकहरुको भनाई छ । बृद्धबृद्धा, दीर्घरोगी जस्ता उच्च जोखिममा रहेकालाई अस्पतालको आइसोलेसन उपयुक्त हुने चिकित्सकहरुको भनाई छ । आफ्नै घरमा अनुशासन कायम गर्न सक्नेले अस्पतालको आइसोलेसनमा नबस्दा जोखिममा रहेकाले अस्पतालको आइसोलेसन वेड पाउन सहज हुने उनीहरुको भनाई छ ।

प्रकाशित मिति : २०७७, २० भाद्र शनिबार  ४ : १७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना