२०८३, १५ बैशाख बुधबार

काभ्रेमा थपिए २९ जना कोरोना संक्रमित

काभ्रेमा थपिए २९ जना कोरोना संक्रमित


धुलिखेल, १२ भदौः काभ्रेमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नगरेन्द्र कुमार झाका अनुसार आज एकैदिन २९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा अधिकांश बनेपा नगरपालिकाका रहेका छन् ।

नयाँ थपिएका संक्रिमतमा बनेपा नगरपालिका वडा नम्बर १३ मा रहेको स्पाइनल इन्जुरी अस्पतालमा कार्यरत २० जना पुरुष र ७ जना महिला छन् । त्यस्तै बनेपामै रहेको शिर मेमोरियल अस्पतालका १ जना पुरुष र भुम्लु गाउँपालिका १ जना रहेको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख झाले बताउनुभयो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १३६ जना विभिन्न होम तथा अस्पतालको आइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २०७७, १२ भाद्र शुक्रबार  ३ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले