धुलिखेल, ६ भदौः बनेपा नगरपालिका वडा नम्बर ३ तीनघरेको पहिरोमा बेपत्ता मैयाँ बजगाईको अवस्था आज तेस्रो दिनसम्म पनि पत्ता लाग्ने सकेको छैन् । बिहिबार दिउँसो घाँस काट्न जाँदा बजगाई पहिरोमा बेपत्ता हुनुभएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तालिम प्राप्त टोली खोजीमा खटिएको छ । तर तेस्रोदिन बित्तिसक्दा पनि मैयाँको अवस्था पत्ता लाग्न सकेको छैन् । घाँस काट्दै गर्दा माथिबाट खसेको पहिरोमा स्थानीय मैयाँ बजगाई बेपत्ता हुनुभएको थियो ।
५२ बर्षीय बजगाई नाति, बुहारी र छिमेकी हरिमाया दाहालसँगै घाँस काट्न जानुभएको थियो । नाति र बुहारीलाई माथि नै छाडेर केहि तल दाहालसँग घाँस काट्न जानु भएका बजगाईलाई पहिरोले पुरेको हो ।








प्रतिक्रिया