धुलिखेल, ५ भदौः कोरोना भाइरसको संक्रमण फैलिइए यता काभ्रेमा मात्रै ५ हजार भन्दा बढी ब्यक्तिको स्वाब संकलन गरी कोरोना भाइरसको परीक्षण गरिएको छ । जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार आजसम्ममा ५ हजार ६ सय ६८ जनाको स्वाब संकलन गरी कोरोना भाइरसको परीक्षण गरिएको छ ।
यसरी कोरोना भाइरस परीक्षण गर्नेमा विदेशबाट आएका र संक्रमितको सम्पर्कमा आएका ब्यक्ति धेरै छन् । जसमा आजसम्म १ सय ३ जना ब्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएको छ । संक्रमित मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । अहिलेसम्म ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । ६३ जनालाई विभिन्न अस्पताल र हाम आइसोलेसनमा राखिएको छ ।








प्रतिक्रिया